दफा ५५
उद्योग ग्राम, औद्योगिक क्लष्टर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र वा औद्योगिक करिडोर घोषणा गर्न सक्ने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी औद्योगिक विकासको लागि पर्याप्त सम्भावना र अवसर उपलब्ध रहेको देशको कुनै भाग वा स्थानलाई मापदण्ड बनाई उद्योग ग्राम, औद्योगिक क्लष्टर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र वा औद्योगिक करिडोर घोषणा गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम घोषणा गरिएका उच्योग ग्राम, औच्योगिक क्लष्टर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र वा औद्योगिक करिडोर यो ऐन तथा प्रचलित कानून बमोजिम अन्य उद्योगले पाउने सेवा, सुविधा तथा सहुलियत उपलब्ध गराइनेछ।